• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रवी, कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १६, सोमबार (५ साल अघि)
    ri

    Advertisement

    हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्सपछि दुई छोरीहरुको एक्लो अभिभावकत्व मेरो काँधमा आएको छ । डिभोर्सपछि हाम्रो बाटो अलग(अलग भयो । उनले नेपालमा नयाँ संसार बसाले । म अमेरिकामा छोरीहरुको सहारामा र उनीहरुलाई सहारा दिएर बाँचिरहेकी छु ।

    डिभोर्सका क्रममा रविले मसित केही कागजी र केही मौखिक प्रतिवद्धताहरु गरेका थिए । त्यसअनुसार अमेरिकामा रहेको घरको मासिक किस्ता भुक्तानी गर्ने जिम्मेवारी उनले लिएका थिए । तर, उनले नियमित रकम नपठाएपछि तीन महिना अगाडि बैंकले घर लिलामीको नोटिस निकाल्यो । त्यसपछि उनले पठाएको केही पैसा र म आफैंले बाँकी रकम जोहो गरेर बैंकको किस्ता क्लियर गरेँ । आगामी दिनमा उनले प्रतिवद्धता पूरा गर्नेछन् भन्ने विश्वास लिएकी छु । अन्यथा, मैले पनि कानूनी उपचारको खोजी गर्नुपर्ने हुन सक्छ । रवि पक्राउ परेको खबरले अमेरिकामा हामी आमाछोरी चिन्तित बन्यौं । खासगरी ठूली छोरी निकै दुःखी थिइन् । मलाई पनि ननिको लाग्यो ।तर, यतिबेला नेपालमा रविलाई अर्को संकटले घेरेको छ । आत्महत्या दुरुत्साहनजस्तो गम्भीर मुद्दा लागेर पक्राउ परेर हालै पाँच लाख धरौटीमा रिहा भएका छन् । मुद्दाको फैसला भएको छैन ।

    कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ । सायद मैले आफ्नो मनबाट उनलाई पूर्णरुपमा निकाल्न सकेकी थिइनँ । त्यसैले उनलाई यो विपत्ति आइलाग्दा म बेचैन बनेँ । तर, सिक्काको अर्को पाटो पनि उत्तिकै संवेदनशील थियो । अर्को पाटोमा मजस्तै एक स्त्रीको सिउँदो पुछिएको थियो । र, उनका श्रीमानले मर्नेबेलामा रुँदै(रुँदै आफूलाई आत्महत्या गर्न विवश तुल्याएको भनेर रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सोचमा परेँ । रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु( अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । के धेरै मानिसहरुका लागि भगवान बनेको रविबाट कसैलाई आत्महत्यासम्म धकेल्ने दानवीय कर्म भयो होला ? मैले अझै पत्याउन सकेको छैन ।

    यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको हुनाले अन्तिम निचोड निकाल्ने उसैको जिम्मेवारी हो । एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले निर्णय लिँदैन होला । भिडियोमा दिइएको वयान कति सत्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जुटाइएलान् । र, अन्त्यमा सत्यता बाहिर आउला । म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस र रवि निर्दोष प्रमाणित होउन् । तर, मेरो कामनाले भन्दा पनि रविलाई उनकै कर्मले जोगाउने हो । यदि गलत काम गरेका छैनन् भने नखाएको विष पक्कै नलाग्ला । यदि शालिकरामले लगाएको आरोप सत्य ठहरियो भने रविका हजारौं प्रशंसकजस्तै म पनि निराश हुनेछु ।

    भिडियोमा रविमाथि मृ’त’क शा’लि’करा’मले लगाएको अर्को आरोपले पनि मलाई उत्तिकै स्तब्ध बनाएको छ । रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको आरोप मृ’तकले लगाउनुभएको छ । मैले २५ वर्ष रविसँग दाम्पत्य सम्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिवद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु । तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन ।

    एउटा श्रीमतीका रुपमा मलाई रविलाई दिएका चोटहरु असंख्य होलान् । त्यो सम्झनेबेला अहिले होइन । रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु( अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । शालिकरामकी पत्नी सम्झनाले न्याय पाउन् । यदि निर्दोष भए रविले पनि न्याय पाउन् । हिजो बुवाको मुख हेर्ने दिन । अघिल्ला वर्षमा छोरीहरु यस दिन कति उत्साहित हुन्थे । मेरा छोरीहरुका पितालाई ‘फादर्स डे’ को शुभकामना छ । आफ्नो संसारमा भुलेर छोरीहरुलाई बिर्सियौ भने पनि छोरीहरुले तिमीलाई कहिल्यै भुल्न सक्ने छैनन् । किनकी एकपटकको बाबु सधैंको बाबु हो । ‘पूर्वश्रीमान’ भनेजस्तो ‘पूर्वबाबु’ वा ‘पूर्वछोरी’ कहिल्यै हुँदैन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बिशेष रिपोर्ट सम्बन्धि थप
  • युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

  • वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

  • सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

  • वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution