बझाङमा आफ्नै भान्जी कर’’णी गरेको अभियोगमा मामा पक्रा’उ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक पटक यस्तो हर्कत गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बिहीबार कर’णीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
कक्षा ९ मा अध्यनरत बालिकामाथि ६३ वर्षका मामाले उनीमाथि पटक पटक यस्तो हर्कत गर्ने गरेको खुलासा भएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अ श्लि’ल तस्बिरसमेत खिचेको भेटिएको छ ।
बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अ श्लि’ल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।
यो पनि पढ्नुहोस : आफ्नै भान्जीलाई बला’त्का र गरेको आरोपमा मामा पक्राउ
झापा ; आफ्नै मामाले किशोरी भन्जीलाई कर’णी गरेको बुझिएको छ । झापाको शिवसताक्षी नगरपालिका—११ दुधेका ४१ वर्षीय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेको घटना बाहिरीयको छ ।
उनले कर’णी गरेको घटनालाई ढाकछोप गर्नको लागि परिवारका सदस्य नै सक्रिय भएको खुलेको छ । गत बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले यस्तो हर्कत गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको बताएकी छन्।
स्थानीय एक विद्यालयमा अध्ययनरत किशोरीले साथीलाई रुदैँ घटनाबारे सुनाएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलले आरोपितलाई नै पक्राउ गरेको छ। पीडितकी बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावकसमेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी हुन् ।
अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित किशोरीकी आमालाई समेत दबाब र प्रभावमा पारेर मेडिकल टेस्ट र जाहेरी दर्ता नगर्न दबाब दिइरहेका बुझिएकाृे छ । इलाका प्रहरी कार्यालय झिलझिलले पीडित किशोरी र अभियुक्तको समेत मेडिकल चेकजाँच गरिएको छ । पीडीत बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा राखिएको छ । यो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस : हराएका मोटरसाइकल फिर्ता
ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोेलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र बस्नेत, सुपेन्द्र श्रेष्ठ, राजु लामा र कर्मा गुरुङको हराएको मोटरसाइकल फेला पारेको हो ।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीकुमार पौडेलले बढी भीडभाड हुने क्षेत्रमा धेरै सवारीसाधन चोरी हुने गरेको बताउनुभयो । “बसपार्क, अस्पताल र बजार क्षेत्रमा धेरै मोटरसाइकल हराउने गरेका छन्”, उहाँले भन्नुभयो । यसैबीच महाशाखाले यस वर्ष छ वटा सवारीसाधनसमेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । मोटरसाइकल चोर्ने १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइएको महाशाखाले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१