समाजमा असल शासनमार्फत राम्रा कुराहरुको अनुशरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागि शास्त्रले महत्वपूर्ण भूमिका बहन गर्दछ । शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौं । जसले गर्दा हामीलाई धनि बन्न दिँदैन । यस्ता नराम्रा बानीलाई त्याग्दा धनि बन्न सकिन्छ:
बाथरुम सधैं सफा राख्नुहोस्
शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नुपर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राख्नुहोस् ।
थालमा खाना नछोडनुहोस्
शास्त्रका अनुसार थालमा खाना छोडनु हुँदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ ।
विस्तरा सधैं सफा राख्नुहोस्
यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउँछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ । शास्त्रकाअनुसार बिस्तारा सधैं बिहानमा नै सफा गर्दा राम्रो हुन्छ भने रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।
घरको आसपास नथुक्नुहोस्
घरको आसपास थुक्नाले दरिद्रता आउँछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउँछिन् ।
सूर्यास्त पछि झाडु नलगाउनुहोस्
शास्त्रका अनुसार सूर्यास्त भइसकेपछि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।
वास्तुमा ध्यान दिनुहोस्
आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।
यो पनि जानी राखौं ।
गर्भ अवस्थामा रहेका महिलाहरूलाई फरक फरक किसिमका खानेकुरा खान मन लाग्छ । कोही महिलालाई अमिलो पिरो खान मन पर्छ त कोही महिलालाई गुलियो । तर गर्भ अवस्था रहँदा महिलाहरूले निकै नै आफ्नो खानेकुरा सम्बन्धी ध्यान दिनु पर्दछ l जसले गर्दा आमाका साथै बच्चा पनि सुरक्षित रहनेछ l
गर्भ अवस्थामा खानै नहुने यी चिजहरू :
कफी
गर्भ अवस्थामा कफी पिउनाले गर्भमा रहेको बच्चा र गर्भवती महिलालाई असर गर्दछ । जसका कारण गर्भवती महिलालाई रगत क्यान्सर हुने सम्भावना प्रचुर मात्रामा हुने गर्दछ ।
पास्चराइज नगरिएको दूध
पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ । त्यसैले पास्चराइज गरिएको दूधमात्र पिउनुस् ।
मदिरा
गर्भ अवस्था रहँदा गर्भवती महिलाहरू मदिराको सेवनबाट टाढा नै बस्ने गर्नुपर्दछ l मदिराको सेवन गर्नाले आमा र बच्चा दुवैको भविष्यमा पनि गम्भीर असर गर्दछ । त्यसैले कुनै पनि समयमा रक्सी पिउनु हानिकारक हुन्छ । गर्भाअवस्थामा त मदिराको नाम पनि नलिँदा नै वेश रहन्छ ।
कलेजो
केही महिलाहरू गर्भवती अवस्थामा जनावरहरूको कलेजो खान अत्यन्तै रुचाउँछन् । यसमा छुट्टै किसिमको स्वाद हुन्छ जसले महिलालाई आकर्षित गर्छ । यदि तपाईँ कलेजो खाँदै हुनुहुन्छ भने होस गर्नुहोस् यो धेरै मात्रामा खायो भने बच्चा र आफूलाई हानी हुन सक्छ । कलेजोमा भिटामिन ए धेरै हुने हुँदा बच्चालाई फाइदा भन्दा हानी पुर्याउँछ ।
जङक फुड
गर्भावस्थामा रहेका कैयौँ महिलाहरू जङ्क फुड धेरै खाने पनि गर्छन् । तर बजारमा प्राप्त हुने सबै जङक फुड फाइदाजनक हुँदैनन् । केही जङक फुडले शरीरमा न्यूट्रियइटस्को मात्रा कमी हुने गर्दछ, जसको कारण गर्भवती महिलाको स्वास्थ्यमा नोक्सान पुर्याउने गर्दछ । त्यसैले यो अवस्थामा रहेका महिलाहरूले जङक फुडहरू खानुको सट्टा पौष्टिक खानाहरू खान उपयुक्त रहन्छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१